
काठमाडौं । चार मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिएसँगै दलहरू धमाधम आफ्नो घोषणापत्र सार्वजनिक गर्न जुटेका छन् । सतारुढ दल नेपाली कांग्रेसले आसन्न प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी घोषणापत्र सार्वजनिक गरेको दुई दिनपछि सतारुढ प्रमुख घटक नेकपा (माओवादी केन्द्र) र सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले पनि सोमबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेका छन् ।
सोमबार माओवादी केन्द्रले पार्टी कार्यालय पेरिस डाँडा र एकीकृत समाजवादीले केन्द्रीय कार्यालय बानेश्वरमा एक समारोह गरी चुनावी घोषणापत्र सार्वजनिक गरेका हुन् ।
माओवादी केन्द्रले घोषणापत्र सार्वजनिक गर्दै आत्मनिर्भर अर्थतन्त्रको एजेण्डालाई जोड दिँदै वित्तीय संघीयता पूर्ण रुपमा कार्यान्वयन गरी सातै प्रदेशमा आत्मनिर्भर अर्थतन्त्रको आर्थिक एकाईको रुपमा विकास गर्ने घोषणा गरेको छ ।
प्रतिक्रिया दिनुहोस