
काठमाडौं । नेपालमा विद्युतीय बसको कुरा विगत केही वर्षदेखि चर्को चले पनि सडकमा भने गुडेको देखिँदैन । तर भदौको दोस्रो हप्ताबाट सुन्दर यातायात प्रा.लिले काठमाडौंको मुख्य सडकमा विद्युतीय बस नियमित गडाउने भएकाे छ ।
सुन्दर यातायात प्रा.लिले भदौको दोस्रो हप्ताबाट ७ वटा विद्युतीय बस सञ्चालनमा ल्याउने निर्णय गरिरहँदा यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले भने पूर्वाधार नै तयार नगरी सञ्चालनमा ल्याउन नहुने बताउँछन् । उनि भन्छन् 'अगाडि नै पूर्वाधार तयार हुनुपर्छ, पूर्वाधार तयार नगरिकन आउदा टिकाउ हुदैन ।'
नेपालमा पहिला देखि नै विद्युतिय बस भित्रि रहेका छन् तर कुनै पनि टिकाउ भएको छैन् । सुरूमा भित्रिएका बसहरू पनि अहिले १/२ वटा मात्र चलिरहेको र अरू बस थन्किएर बसेकाले अब आउने बसले पनि राम्रो गर्न सक्छ भन्ने कुनै एकिन नभएको उनले बताए ।
तर विद्युतिय बसका अध्यक्ष भेषबहादुर थापा भन्छन् ‘हामीले विकसित मुलुकको जस्तै सुविधा सम्पन्न हुने गरी नेपालमा विद्युतिय बस सञ्चालन गर्न लागेका छौ यसले राम्रो नतिजा दिन्छ भन्नेमा ढुक्क रहेका छौ’ नेपालमा अन्य देशबाट डिजेल पेट्रोल खरिद गर्दा अर्बाै रूपंैया विदेशिन पुगेको छ त्यसकारण नेपालमा अब विद्युतिय बसको आबश्यकता रहेको उनले बताए ।
चार्जिङ स्टेशनको अभाव देखाउँदै व्यवसायीहरु पन्छिने गरेपनि सम्बन्धित ठाउँमा गुनासो नै नआएको विद्युतीय सवारी चार्जिङ स्टेशनको जिम्मा पाएका विद्युत प्रधिकरणका निर्देशक कुलमान घिसिङले बताए ।
विद्युत प्राधिकरणका निर्देशक घिसिङ भन्छन ‘कुनै पनि विद्युतिय सवारी साधनका व्यवसायीहरू म संग कुरा गर्नै आएका छैनन् बाहिर बाहिर मात्र चार्जिङ स्टेशन छैन भन्दै हिडेर हुदैन। सम्बन्धित निकायमा आउनु पर्यो कुरा गर्नु पर्यो हामी चार्जिङ स्टेशन बनाउदै छौ छिट्टै समस्याको समाधान हुन्छ’ ।
आयात भए तर सञ्चालन भएन विद्युतीय बस
२०७५/७६ मा नेपालमा विद्युतिय सवारी साधन र पार्ट पूर्जा गरी ९१ अर्ब १५ करोड ४८ लाख ७३ हजारको सामान बाहिरबाट नेपाल भित्रिएको छ ।
नेपालमा २०७५/७६ मा विद्युतिय कार २ हजार १ सय ७० पिस नेपाल आएको छ भने १ अर्ब ६४ करोड ३२ हजारको मुल्यमा कार आयात भएको छ । त्यस्तै मोटरसाइकल १ हजार ८ सय ८७ वटा नेपाल भित्रिएको छ । त्यसमा ८करोड ६८ लाख १४ हजार रूपैयाँको सामान नेपालमा आयात भएको छ ।
नेपालमा चलिरहेका विद्युतिय ट्याम्पु, रिक्सा तिन पाङग्रे सवारी साधन २ हजार ५ सय ७५ वटा नेपाल भित्रिएको छ । यसमा २७ करोड ५० लाख ३० हजार रूपैयाँ लागत लागेर नेपाल भित्र्याएको भन्सार बिभागले जनाएको छ ।
भन्सार विभागमा २०७५/७६ मा ६ हजार ६ सय ३२ पिस विद्युतिय सवारी साधन नेपाल भित्रिएको भन्सार बिभागका तथ्याङक विश्लेषण शाखाका तथ्याङक अधिकृत राम प्रसाल वाग्लेले जानकारी दिए ।
२०७४/७५ मा नेपालमा ४ हजार ९ सय ८९ पिस ट्याम्पु नेपाल भित्रिएको छ । त्यसमा ४७ करोड ८२ लाख ६० हजार रूपैयाँ बराबरको ट्याम्पु आयात भएको रूपैयाँ बराबरको मोटरसाइकल नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
०७३/७४ मा नेपालमा चाहिनाबाट ४९८ वटा र इन्डियाबाट ८८ वटा ट्याम्पु ४ करोड ७८ लाख ३० हजारमा चाहिनाबाट नेपाल आयात भएको छ भने इन्डियाबाट ८८ लाख ८० हजारबाट आयात भएको छ । त्यस्तै नेपाली बजारमा चाहिनाबाट ७०७ वटा र कोरियाबाट ४ वटा विद्युतिय कार नेपाल आएको । चाहिनाबाट १ करोड २० लाख ९९ हजारमा विद्युतिय कार आएको छ भने कोरियाबाट १ करोड ४० लाख ४१ हजारमा नेपाल भित्रिएको छ ।
भदौको दोस्रो हप्ताबाट ७ वटा सुन्दर यातायात प्रा.लिको बसहरू सञ्चालनमा आउने भएका छन् । एउटा बस बराबर १ कर।ेड ६२ लाखमा चार्जिङ मेशिन सहित खरिद गरिएको उक्त बस काठमाडौंको मुख्य मुख्य सडकमा गुड्ने भएका छन् ।
नेपालमा विद्युतिय सवारी साधन भित्रिएको ३ वर्ष यताकोे डाटा हेर्दा ट्याम्पु ८ हजार १ सय ५०, कार ३ हजार १ सय ५० र मोटरसाइकल २ हजार २ सय ३४ वटा रहेका छन् । यातायात व्यवस्था विभागमा बिद्युतीय बसको छैन एकिन यातायात व्यवस्था विभागमा २०७२ साल देखि विद्युतिय बस सञ्चालन गर्नको लागि स्वकृत दिए पनि हाल सम्म कुनै पनि विद्युतिय बसको तथ्याङ्क छैन् ।
यातायात व्यवस्था विभागमा विद्युतिय सवारी साधन मध्ये हाल सम्म २७७ वटा कार र जिप, ९८५ वटा मोटरसाइकल, स्कुटर, र ३२७ वटा रिक्सा र अटो मात्रको डाटा रहेको विभागको तथ्याङ्ले जनाएको छ । विद्युतिय बस सम्बन्धि कुनै नियामावलि नभएर पुरा तथ्याङ् राख्न नसकको विभागको भनाई छ ।
प्रतिक्रिया दिनुहोस