aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ कार्तिक २०७९
मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले मोटरसाइकल चोरीको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पर्साको पटेवासुगौलीका रामजनम मुखिया र सुनिल दास थारुलाई प्रहरीले पक्राउ गरेको हो ।   

वीरगञ्ज महानगरपालिका वडा नं. १४ बस्ने प्रधुमन कुमार पटेलको कागमती प्रदेश ०३-००३ प ३६७८ नम्बरको २२० सीसीको एनएस पल्सर मोटरपाइकल पार्किङ गरिएको ठाउँबाट हराएको सूचना प्रहरीकोमा पुगेको थियो । उक्त सूचनाको आधारमा खोजतलास गर्दा रामजनम मुखिया र सुनिल दास थारुलाई उक्त मोटरसाइकलसहित पक्राउ गरिएको हो । 

उक्त मोटरसाइकल प्रहरीले बरामद गरेको छ । यसका साथै उनीहरु दुबै जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस