aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

एक लाख २८ हजार नगदसहित जुवातास खेलिरहेका १६ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ कार्तिक २०७९
एक लाख २८ हजार नगदसहित जुवातास खेलिरहेका १६ जना पक्राउ

चितवन । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका ११ लामाटोल बस्ने मैति लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीया मिना कुमारी दर्लामी समेत १६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको हो । उनको घरमा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २८ हजार रूपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस