aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

७२ लाख ठगी गर्ने पूर्व डिएसपीको श्रीमती पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०६ भदौ २०७६
७२ लाख ठगी गर्ने पूर्व डिएसपीको श्रीमती पक्राउ

ईटहरी । किर्तिपुरकी एकजना महिलालाई घर पास गरिदिने भन्दै ७२ लाख रुपैया लिएर फरार रहेकी शसस्त्र प्रहरीका पुर्ब डिएसपी पुष्पकुमार श्रेष्ठकी श्रीमती अन्दाजी ३६ बर्षिया मिनाकुमारी श्रेष्ठ सुनसरीको ईटहरीबाट पक्राउ परेकी छिन ।

इटहरी स्थित रोयल रिसोर्टमा लुकेर बसेको अबस्थामा बिशेष सुराकीको आधारमा श्रेष्ठ बिहिबार राति ८ बजे पक्राउ परेकाे इलाका प्रहरी कार्याय इटहरीले जानकारी दिएकाे छ । किर्तिपुर वार्ड नं. ३ बस्ने कमला सिग्देल लाई घर पास गर्ने शर्तमा भोलि नै पास गरिदिन्छु भन्दै ७२ लाख रूपैया लिएर श्रेष्ठ फरार रहेकी थिइन् ।

अपराध महाशाखा टेकुमा परेको उजुरीका आधारमा इलाका प्रहरी कार्ललय इटहरीले उनलाई पक्राउ गरेको पुष्टि भएको छ । उनलाई आजै काठमाण्डौ ल्याउने तयारी भइरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस