aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

एमालेले सार्वजनिक गर्यो २० हजार शब्दको घोषाणापत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ कार्तिक २०७९
एमालेले सार्वजनिक गर्यो २० हजार शब्दको घोषाणापत्र

काठमाडौं । नेकपा एमालेले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलवार दिउँसो काठमाडौं स्थित याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरेका हुन् । घोषाणापत्रमा २० हजार शब्द रहेको एमालेले जनाएको छ ।

घोषणा पत्रमा पार्टीले अघि सारेको ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई निरन्तरता दिइएको छ । करिव २० हजार शब्द रहेको घोषणा पत्रमा मुलुकको समृद्धिका लागि राष्ट्रिय अर्थतन्त्रको निर्माणमा जोड दिइएको छ । डिजिटल अनावरणसँगै सूर्य चिन्हमा किन मतदान गर्ने किन भन्ने जस्त प्रश्नको जवाफसहित एमाले सरकारका उपलब्धिको श्रव्यदृष्य सार्वजनिक गरिएको छ ।


 

प्रतिक्रिया दिनुहोस