काठमाडौं । नेकपा (एमाले)ले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । जसमा एमालेले आगामी पाँच वर्षमा नेपालको अर्थतन्त्र १ सय खर्ब रुपैयाँ पुर्याउने घोषणा गरिएको हो ।
मंगलबार दिउँसो काठमाडौंको याक एण्ड यति होटलमा अध्यक्ष केपी शर्मा ओलीले डिजिटल प्रविधिबाट आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणा प्रविधिबाट सार्वजनिक गर्दै उनले आगामी ५ वर्षमा मुलकको कुल ग्रार्हस्थ्य उत्पादन १०० खर्ब पुर्याउने घोषणा गरेका हुन् । यसका साथै उनले नेपालको प्रतिव्यक्ति आय २४ सय डलर अर्थात ३ लाख रुपैयाँ पुर्याउने पनि घोषणा गरेका छन् ।
त्यस्तै, एमालेले घोषणापत्रमा दस हजार लिटर पानी निस्शुल्क बाँड्ने उल्लेख गरेको छ । यसका साथै ५० युनिट बिजुली निस्शुल्क बाँड्ने, ५ वर्षमा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या २५ लाख पुर्याउने, ५ वर्षमा ६० लाखलाई सामाजिक सुरक्षा भत्ता दिने र न्यूनतम् ज्याला रु २५ हजार पुर्याउने लगायत एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस