aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने तीन जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ कार्तिक २०७९
एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने तीन जना पक्राउ

ललितपुर । ललितपुर महानगरपालिका ५ कुमारीपाटीमा रहेको एनएमबी बैंकको एटिएम मेसिन तोडफोड गरी चोरीको प्रयास गर्ने कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा नुवाकोट वेलकोटगढी नगरपालिका ३ घर भई ललितपुर, ललितपुर महानगरपालिका १७ ग्वार्को बस्ने ३१ वर्षीय वसन्त तिवारी, सोही महानगरपालिका ६ सुन्धारा बस्ने २४ वर्षीय विजय तिवारी र सुनसरी धरान उपमहानगरपालिका १५ भानुचोक घर भई ललितपुर, ललितपुर हानगरपालिका ६ सुन्धारामा बस्ने ३५ वर्षीय अनिल राई रहेका छन् । 

कात्तिक ४ गते राति उनीहरुले उक्त बैंकको एटिएम मेसिन तोडफोड गरी रकम चोरी गर्ने प्रयास गरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी परिसर ललितपुर तथा वडा प्रहरी कार्यालय लगनखेलबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस