aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

इन्द्र बानियालाई स्वतन्त्र उम्मेदवार चेपाङले समर्थन गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ कार्तिक २०७९
इन्द्र बानियालाई स्वतन्त्र उम्मेदवार चेपाङले समर्थन गर्ने

काठमाडौं । नेपाली काँग्रेसका बागमति प्रदेश मकवारपुर नम्बर  २ (ख) का उम्मेदवार इन्द्रबहादुर बानियालाई स्वतन्त्र उम्मेदारले समर्थन गर्ने भएका छन् ।  मकवानपुरको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका खुसीलाल चेपाङले बानियालाई समर्थन गर्ने भएका हुन । 

मंगलबार साँझ हेटौँडामा पत्रकार सम्मेलन गर्दै चेपाङले लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन आफ्नो उम्मेदवारी निष्क्रिय पारेर बानियाँलाई समर्थन गरेको घोषणा गरेका छन। नेपाल चेपाङ संघको बागमती प्रदेश अध्यक्ष रहेका उनी माओवादी केन्द्रका नेता पनि हुन्। 

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगमार्फत मेरो उम्मेदवारी फिर्ता लिन प्राविधिक कारणले नमिल्ने भए पनि राजनीतिक रूपमा म आफू उम्मेदवार नरहेको पुनः स्पष्ट पार्दै प्रतिनिधिसभा २ को प्रदेश सभा (ख) मा लोकतान्त्रिक-वाम गठबन्धनका साझा उम्मेदवारलाई सहयोग गर्न अपिल गर्दै यो प्रेस विज्ञप्ति जारी गर्दछु।’ 
 

प्रतिक्रिया दिनुहोस