aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

कर्णाली करिडोरको ट्रयाक खोल्न डेढ वर्ष लाग्ने

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • बुधबार, १६ कार्तिक २०७९
कर्णाली करिडोरको ट्रयाक खोल्न डेढ वर्ष लाग्ने

काठमाडौं । कर्णालीवासीको लाइफ लाइनको रूपमा लिइएको कर्णाली करिडोर निर्माण कार्यले गति लिन नसक्दा हुम्ला सडक सञ्जालमा जोडिन सकेको छैन् । कर्णालीवासीको भविष्यसँग जोडिएको यो करिडोरको अझै साढे ७ किलो मिटर सडकको ट्रयाक खुल्न बाँकी छ ।

कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ । यो सडकको हिल्सा–हुम्ला खण्डको साढे ७ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको हुम्ला सडक विकास निर्माण कार्यदलका योजना प्रमुख अनुप पोख्रेलले बताए ।

सरकारले गएको वर्ष ११ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको थियो । कर्णाली करिडोरको अधिकांश चट्टानी क्षेत्रको सडक ट्रयाक नेपाली सेनाले खोलेको हो । सडकको उत्तर९दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजनाको २ सय ६९ किलोमिटर सडक निर्माणको काम भइरहेको छ। यो आयोजना २०६९ चैत्र ८ बाट सुरु भएको थियो  ।

आयोजना सुरु भएको दश वर्षसम्म साढे ७ किलोमिटर ट्रयाक खोल्न बाँकी रहेको छ । हालसम्म २ सय ६१ किलो मिटर ट्रयाक खुलिसकेको छ। गत आर्थिक वर्षमा आयो जनाका लागि ३० करोड बजेट विनियोजन भएको थियो । आयाजनाको प्रगति भने ज्यादै न्युन अर्थात् ३८ प्रतिशत मात्र भएको निर्देशनालयले जनाएको छ । यो आयोजनाका लागि चालु आव २०७९/८० का लागि सरकारले ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस