aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

चोरी मुद्दामा फरार योगेन्द्र ज्ञवाली पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ कार्तिक २०७९
चोरी मुद्दामा फरार योगेन्द्र ज्ञवाली पक्राउ

बर्दिया । नकबजनी चोरी तथा जबरजस्ती चोरी उद्योग मुद्दामा संलग्न रही फरार रहेका प्रतिवादी वारबर्दिया नगरपालिका २ बस्ने योगेन्द्र ज्ञवालीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत बर्दिया गुलरियाको मिति २०७८ मंसिर १ गतेको फैसलाले नकबजनी चोरी मुद्दामा २ वर्ष ९ महिना २ दिन कैद र ३० हजार रूपैयाँ जरिवाना सजाय तथा जबरजस्ती चोरी उद्योग मुद्दामा १ वर्ष ३ महिना २ दिन कैद र १५ हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछीपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको जिल्ला अदालत बर्दिया गुलरियामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस