
भक्तपुर । भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक युवकको ज्यान गएको छ भने । नयाँठिमीको चारदोबाटोमा बा ७३ प ९७२१ नम्बरको मोटरसाइकल र बा ६७ प ६७५४ नम्बरको स्कुटी ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक मध्यपुर ठिमी–५ कमेरेटारका २२ वर्षीय राजेश गोजाको मृत्यु भएको छ । त्यस्तै, घाइते रहेका स्कुटी चालक भक्तपुर नगरपालिका–५ तौमढीका ३१ वर्षीय प्रबिण लोहलाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस