aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बैंकिङ कसूर मुद्दाका फरार राममणी दाहाल पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ कार्तिक २०७९
बैंकिङ कसूर मुद्दाका फरार राममणी दाहाल पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कामरु कन्स्ट्रक्सन प्रालिका संचालक नुवाकोट बेलकोटगढी नगरपालिका(६ का भएका ५१ वर्षीय राममणी दाहाललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटनको गत भदौ ६ गतेको फैसलाले १० दिन कैद र ४० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्युरो महाराजगञ्जबाट खटिएको प्रहरीले धादिङको गल्छीबाट पक्राउ गरेको हो ।

कामरु कन्स्ट्रक्सन प्रालिका संचालक दहालले २०७७ मंसिर १५ गते उक्त कम्पनीको नाममा कुमारी बैंक लिमिटेडको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै उच्च अदालत पाटनले उक्त फैसला गरेको थियो । उनलाई जिल्ला अदालत ललितपुरको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुरमा पठाइएको छ । 
 

प्रतिक्रिया दिनुहोस