कपिलवस्तु । यशोधरा गाउँपालिका ७ मर्यादपुरबाट स्रोत नखुलेको भारतीय रुपैयाँ ५ लाख ५२ हजार ७८ सय नगद सहित अर्घाखाँची सन्धिखर्क नगरपालिका १ मिडिया चोक बस्ने ३९ वर्षीय मुक्ति खनाललाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी मर्यादपुरबाट खटिएको प्रहरीले तौलिहवाबाट मर्यादपुरतर्फ आउँदै गरेको लु।१६ प ४११७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक खनाललाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस