aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

डेंगुका कारण ५४ जनाको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ कार्तिक २०७९
डेंगुका कारण ५४ जनाको मृत्यु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुका कारण ५४ जनाको मृत्यु भएको जनाएको छ । मन्त्रालयले हालसम्म डेंगुका कारण ५४ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको हो । 

मन्त्रालयका अनुसार हाल देशको सातै प्रदेश अन्तर्गतका ७७ वटै जिल्लामा डेंगु फैलिएको छ । गत साउन महिनादेखि हालसम्म ४६ हजार ७६८ जना सम्भावित डेंगु रोगी देखिएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा ५९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४६ एन्टीजेन परिक्षण गर्दा १३ गरी जम्मा ५९ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, यस अवधिमा २१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.७ प्रतिशत रहेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा मृतकको संख्या शुन्य रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार १९ जनाको मृत्यु भइसकेको छ ।  

पछिल्लो २४ घण्टामा ३ हजार ६४२ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या ८ हजार ९४५ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ५५३ जना रहेका छन् ।     
 

प्रतिक्रिया दिनुहोस