
एजेन्सी । उत्तर कोरियाले बुधबार पूर्व र पश्चिम तटमा एकपछि अर्को गरी १७ वटा मिसाइल प्रहार गरेको दाबी गरेको छ । उत्तर कोरियाले एकै दिन १७ वटा मिसाइल प्रहार गरेपछि दक्षिण कोरियालाई सतर्क गराइएको भन्ने सन्देश हुनसक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन । उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि दक्षिण कोरियाले उक्त टापुमा हवाई आक्रमणको चेतावनी जारी गरेको जनाएको छ ।
दक्षिण कोरियाले पनि तुरुन्तै तीनवटा हावाबाट सतहमा मार हान्न सक्ने क्षेप्यास्त्र परीक्षण गरेर बदला लियो। यी आक्रमणहरू अघि उत्तर कोरियाले दक्षिण कोरियासँग संयुक्त सैन्य अभ्यास विस्तार गरेकोमा अमेरिकाको आलोचना गरेको थियो। उत्तर कोरियाले यो सम्भावित आक्रमणको पूर्वाभ्यास भएको दाबी गरेको छ र मङ्गलबार जवाफमा थप आक्रामक कारबाही गर्ने चेतावनी दिएको छ।
उत्तर कोरियाले बुधवार बिहान वोनसानको पूर्वी तटबाट क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले एक विज्ञप्तिमा बताएको छ। जसमा एउटा क्षेप्यास्त्र दक्षिण कोरियाको उलेउङ टापुबाट १६७ किलोमिटर (१०४ माइल) उत्तरपश्चिममा अन्तर्राष्ट्रिय जलक्षेत्रमा खसेको थियो । यसपछि दक्षिण कोरियाले पनि हवाई आक्रमणलाई लिएर अलर्ट जारी गरेको थियो ।
दक्षिण कोरियाली मिडियाले टापुमा बस्ने मानिसहरूलाई भूमिगत आश्रयमा लगिएको तस्बिरहरू सार्वजनिक गरेको छ। क्षेप्यास्त्र अवतरण भएको क्षेत्र कोरियाली प्रायद्वीपको पूर्वी समुद्री सीमाबाट २६ किलोमिटर (१६ माइल) टाढा छ। तर, यो अन्तर्राष्ट्रिय सिमानाबाट निकै टाढा छ । दक्षिण कोरियाको सेनाले सन् १९४८ मा उत्तर र दक्षिण कोरियाको निर्माणपछि पहिलो पटक क्षेप्यास्त्र समुन्द्री सीमाको यति नजिक खसेको बताएको छ ।
दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफले एक छुट्टै विज्ञप्तिमा भने, ‘यो अस्वीकार्य छ र हामी यसलाई सहने छैनौं।’ यसैबीच, दक्षिण कोरियाले हवाबाट सतहमा मार हान्न सक्ने तीनवटा क्षेप्यास्त्र परीक्षण गरेर यसको प्रतिकार गरेको छ।
प्रतिक्रिया दिनुहोस