aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

चौबीस दिनदेखि बेपत्ता हेमराज अझै बेखबर, भेट्टाउनेलाई  १० लाख पुरस्कार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ कार्तिक २०७९
चौबीस दिनदेखि बेपत्ता हेमराज अझै बेखबर, भेट्टाउनेलाई  १० लाख पुरस्कार

काठमाडौं । विगत २४ दिनदेखि बेपत्ता म्याग्दीका एक पुरुष अझै फेला परेका छैनन् । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बनस्थली बस्ने ५० वर्षीय हेमराज शर्माको अहिलेसम्म अत्तोपत्तो छैन । 

गत महिना असोज २६ गते आइतबार साँझ ४ बजेदेखि बेपत्ता हुनुभएका शर्माको खोजीकार्यमा अहिलेसम्म कुनै पनि प्रगति नभएको बेपत्ता भएका शर्माका आफन्त विवेक शर्माले बताए । सामाजिक एवं राजनीतिक गतिविधिमा सक्रिय शर्मा एक्कासि सम्पर्कविहीन भएपछि परिवारका सदस्यले खोजीकार्यका लागि अपिल गरे पनि हालसम्म फेला नपरेपछि सूचना दिनेलाई परिवारले नगद रु १० लाखसमेत पुरस्कार दिनेसमेत घोषणा गरेको छ ।

घर परिवारमा पनि कुनै झैझगडा मनमुटाव नभए पनि केही आत्तिएको जस्तो भने देखेको परिवारका सदस्यको भनाइ छ । परिवारका सदस्य, आफन्त, शुभचिन्तक र प्रहरीले काठमाडौँ आसपासका क्षेत्रमा नियमित जाने स्थान तथा वनजङ्गल, खोलानाला र देशका विभिन्न स्थानमा समेत व्यापकरुपमा खोजी गरिसकेको तथा अहिलेसम्म कुनै सुराक फेला नपरेपछि परिवार चिन्तित भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस