aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

रौतहट–३ मा कांग्रेस र नेकपा एसद्वारा केन्द्रको सहमति अवज्ञा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ कार्तिक २०७९
रौतहट–३ मा कांग्रेस र नेकपा एसद्वारा केन्द्रको सहमति अवज्ञा

रौतहट । सत्ता गठबन्धनको केन्द्रिय तहका नेताहरुले लिखित रुपमा रौतहट क्षेत्र नं. ३ मा एमाले छाडेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहलार्ई समर्थन गरेको भएता पनि जिल्ला तहका नेताहरुले त्यसको अबज्ञा गरेका छन् ।

सत्ता गठबन्धनले रौतहट क्षेत्र नंं ३ को प्रतिनिधिसभामा प्रभु साह, क प्रदेशसभा सदस्यमा नागेन्द्र यादब र ख प्रदेशसभा सदस्यमा सुनिल यादब उमेदवारलार्ई एक आपसमा सहयोग गर्ने निर्णय भएको थियो । तर रौतहटका जिल्ला तहका नेताहरुले केन्द्रिय तहका नेताहरुले गरेको निर्णयलाई अबज्ञा गरेका छन् ।

सो क्षेत्रको नेकपा एसको तर्फबाट क प्रदेशसभा सदस्य नागेन्द्र यादब र नेपाली कांग्रेसको तर्फबाट ख प्रदेश सभा सदस्य उमेदवार सुनिलकुमार यादवले संघका स्वतन्त्र उमेदवार ओमप्रकाश जयसवाललार्ई समर्थन गरेका छन । सुनिल यादब नेपाली कांग्रेसका जिल्ला सभापति हुन भने नागेन्द्र यादब नेकपा एसको तर्फबाट मधेश प्रदेशका वन तथा बाताबरण राज्य मन्त्री हुन ।

अहिले स्वतन्त्र उमेदवार जयसवाल,प्रदेश सभाका सदस्यका उमेदवार सुनिल यादब र नागेन्द्र यादबले संयुक्त ब्यानर बनाएर घरदैलो गरिरहेका छन ।

यता नेकपा माओबादी केन्द्रका उमेदवार धिरज पटेल पनि आफनो भोट माग्दै घरदैलो गरिहेका छन । उनलार्ई पार्टीले उमेदवारी फिर्ता लिन भनेपनि आफनो उमेदवारी कुनै पनि हालतमा फिर्ता नहुने जनाइ सकेका छन ।

प्रतिक्रिया दिनुहोस