aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रधानमन्त्री देउवा आजदेखि गृहजिल्लामा, ७ पालिकामा सम्बोधन गर्ने

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • विहीबार, १७ कार्तिक २०७९
प्रधानमन्त्री देउवा आजदेखि गृहजिल्लामा, ७ पालिकामा सम्बोधन गर्ने

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुराबाट चुनावी आससभाको सुरुवात गर्ने भएका छन् । देउवा बिहिबार गृह जिल्ला पुगेर जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कात्तिक १७ गते देखि २० गते सम्म उनी गृह जिल्लामै रही सात वटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुरा सचिव शेर भण्डारीले जानकारी दिए ।

देउवाले डडेल्धुराबाट नै चुनावी आमसभालाई सम्बोधन गरेर आमसभाको सुरुवात गर्ने पनि उनले जानकारी दिए । निर्वाचन आयोगले कात्तिक १७ देखि मात्रै चुनावी सभा गर्न भनेको थियो । १७ गते पहिलो दिन गृह जिल्ला पुगेर चुनावी सभाको सरुवात गर्न लागेको उनले बताए ।

सात वटा स्थानीय तह रहेको डडेल्धुरामा देउवाले सबै स्थानीय तहहरुमा पुगेर चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको सचिव भण्डारीले जानकारी दिए ।

देउवाले १८ गते विहान नवदुर्गा गाउँपालिका–२ को खुनी र दिउसो गन्यापधुरा गाउँपालिका–२ को बडाल, १९ गते विहान अजयमेरु गाउँपालिका–३ को भद्रपुर र दिउसो भागेश्वर गाउँपालिका–२ को रुपाल तथा २० गते आलिताल गाउँपालिका–८ को गोदाम र परशुराम नगरपालिका–१२ को लालढुङ्गमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

यी सबै चुनावी सभालाई सुदूरपश्चिम प्रदेशसभा ९क० का उम्मेदवार खगराज भट्ट र (ख) का उम्मेदवार गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने तयारी गरिएको नेपाली काँग्रेस डडेल्धुराले जानकारी दिएको छ ।

२०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै आएका देउवाले पहिलो पटक कम्युनिष्टको पनि साथ पाएका छन । आसन्न निर्वाचनमा उनी विरुद्ध कम्युनिष्ट पार्टीको उम्मेदवारी परेको छैन । २०६४ साल देखि २०७० र २०७४ सालमा गरि तीन पटक नेकपा माओवादी र बाम गठबन्धनबाट समेत देउवा संग चुनाव लडेका खगराज भट्ट आसन्न निर्वाचनमा लोकतान्त्रि बाम गठबन्धनबाट प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका छन् भने प्रमुख प्रतिपक्षि दल नेकपा एमालेले देउवा विरुद्ध उम्मेदवारी दर्ता गराएको छैन ।

प्रतिक्रिया दिनुहोस