काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । उक्त पार्टीबाट निर्वाचित जनप्रतिनिधिले लगानी नगर्ने क्षेत्रको विषयमा खुलाएको छ । उक्त पार्टीबाट निर्वाचित जनप्रतिनिधिले कृषि जमिनको खण्डीकरण नगर्ने, सार्वजनिक सम्पत्तिको दोहन नगर्ने, ठेक्कापट्टाबाट लाभ नलिने उल्लेख गरेको छ । रेशम चौधरी संयोजक रहेको नागरिक उन्मुक्ति पार्टीले धार्मिक क्षेत्रमा लगानी नगर्ने प्रतिबद्धता जनाइएको छ ।
पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितका ९ राजनीतिक एजेण्डा अघि सारेको छ । पार्टीको एजेण्डा वा राजनीतिक उद्देश्यका लागि अनवरत संघर्षरत रहने सो पार्टीको घोषणापत्रमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस