aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नक्कली करारनामा बनाई ४ करोडबढि ठगी गरेको आरोपमा नौसद अन्सारी पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ कार्तिक २०७९
नक्कली करारनामा बनाई ४ करोडबढि ठगी गरेको आरोपमा नौसद अन्सारी पक्राउ

काठमाडौं । नक्कली करारनामा बनाई नगद ४ करोड ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्सा वीरगंज महानगरपालिका १७ घर भई सोही महानगरपालिका १४ पिपरा बहुअरी बस्ने ३६ वर्षीय नौसद अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

नौसद अन्सारी समेतले काठमाडौं महानगरपालिका १३ सोल्टीमोडमा रहेको जाकिर हुसेन अन्सारी र नौसद हुसेन अन्सारीको नाममा रहेको जग्गा किर्ते हस्ताक्षर गरी नक्कली करारनामा बनाएका थिए । उनले घरेलु तथा साना उद्योग कार्यालय काठमाडौं र कम्पनी रजिष्ट्रारको कार्यालय काठमाडौंमा उक्त नक्कली करारनामा पेश गरी हिमालयन होटेल प्रालि नामक कम्पनी दर्ता गराएका थिए । 

उक्त होटलमा लगानी गर्नको लागी भन्दै पटकपटक गरी उक्त रुपैयाँमा ठगी गर्ने कार्यमा संलग्न उनलाई पर्सा वीरगंज महानगरपालिका ८ प्रतिमाचोकबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ

प्रतिक्रिया दिनुहोस