aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

नक्कली पीसीआर रिपोर्ट बनाउने विरुद्ध मुद्दा दायर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ कार्तिक २०७९
नक्कली पीसीआर रिपोर्ट बनाउने विरुद्ध मुद्दा दायर

काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा नारायणप्रसाद पौडेल विरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धौलागिरी हिमाल पोलिक्लिनिक, बसुन्धराका संचालक समेत रहेका पौडेललाई सरकारी कागजातको दुरुपयोग गरेको आरोपमा मुद्दा दायर गरेको हो । 

पौडेलले कोभिड १९ को परीक्षण नगरीकन नक्कली रिपोर्ट दिएको तथा त्रिवि शिक्षण अस्पतालको लोगो तथा सम्बन्धित व्यक्तिको हस्ताक्षर अनाधिकृत रुपमा प्रयोग गरी सरकारी कागजातको दुरुपयोग गरेको अख्तियारको आरोप रहेको छ । आयोगले उनी विरुद्ध बिहिबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो । 


 

प्रतिक्रिया दिनुहोस