aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

विकासको एजेण्डा छोडेर एकले अर्काको सत्तोसरापमा शिर्ष नेता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ कार्तिक २०७९
विकासको एजेण्डा छोडेर एकले अर्काको सत्तोसरापमा शिर्ष नेता

काठमाडौं । व्यवस्था परिवर्तनसँगै नयाँ संविधान जारी भएको दुई दशक पुगिसक्दासमेत नेताका ‘एजेन्डा’ फेरिन सकेका छैनन् ।

मुख्य दलका शीर्षनेताहरू चुनावी सभा समारोहमा विकास र समृद्धिभन्दा ‘राजनीतिक जोडघटाउ’लाई नै प्राथमिकता दिन व्यग्र छन् । राजनीतिक दलले भलै चुनावी घोषणापत्रमा सुशासन, विकास र समृद्धिलाई जोड दिने गरेका छन् । तर, उनीहरूले आफ्ना भाषणमा ‘राजनीतिक जोडघटाउ तथा दोषारोपण नै मुख्य विषय’ बनाउने गरेका छन् । राजनीतिक दलका शीर्ष नेताले अहिले पनि एकअर्कालाई दोषारोपण गर्ने पुरानै शैली नछाडेको पाइएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले गृहजिल्ला डडेल्धुरामा बिहीबार आयोजित कार्यक्रममा ‘विकास र समृद्धिभन्दा राजनीतिक विषय’लाई प्राथमिकता दिइएको पाइयो ।

‘गठबन्धन केही समय कायम रहनुपर्ने’मा जोड दिँदै उनले ‘पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास थालेको’ आरोपसम्म लगाए । ‘ओलीले सरकारको नेतृत्व गरिरहेकै बेला दुईपटक मध्यरातमा संसद् विघटन गरेको’ स्मरणसमेत देउवाले गरे ।

नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बिहीबार नै राजधानीमा आयोजित कार्यक्रममा ‘विकास र समृद्धिभन्दा राजनीतिक विषय’लाई बढी महत्व दिए ।

‘४ मंसिरको निर्वाचनमा प्रतिगमनले जित्ने कि अग्रगमनले जित्ने, सुशासनले जित्ने कि अराजकताले जित्ने ?’ भन्ने प्रचण्डले उल्लेख गरे । ‘नेपालमा राजनीतिक स्थिरता र विकासको नयाँ युगतिर अब ढुक्कसँग जान सकिने वातावरण बनाउनुपर्ने’ उनको जोड थियो ।

प्रतिक्रिया दिनुहोस