aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गौतमबुद्ध विमानस्थलबाट हिमालयको चार्टर्ड उडान सुरु

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, १८ कार्तिक २०७९
गौतमबुद्ध विमानस्थलबाट हिमालयको चार्टर्ड उडान सुरु

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले आज बिहीबारदेखि चार्टर्ड उडान सुरु गरेको छ । सरकारले आफ्नो स्वामित्वमा रहेको नेपाल वायुसेवा निगमको मुख्य विजनेशमा अंकुश लगाउँदै हिमालयन एअरलाइन्सलाई ग्राउन्ड हेन्डलिङको अनुमति दिएसँगै हिमालयले चार्टर्ड उडान सुरु गरेको हो । 

जहाजले बिहीबारै भैरहवाबाट १३८ जना यात्रु लिएर मलेसिया गएको छ । उडान समयतालिका १स्५० बजे रहे पनि पहिलो दिन भएकाले केही ढिलो भएको कम्पनीले जनाएको छ । प्राधिकरणबाट ग्राउन्ड हेन्डलिङको अनुमति पाएको दुई वर्षपछि मात्रै हिमालयन एअरलाइन्सले यो सेवा सुरु गरेको हो । 

कम्पनीले बिहीबारबाट मलेसियातर्फ उडान सुरु गरेको हिमालयन एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार अब काठमाडौं–मलेसिया, भैरहवा– मलेसिया उडान सुरु भएको छ ।

कम्पनीले भैरहवाबाट उडान गर्ने वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय दरभाउ मै हवाइ इन्धन उपलव्ध गराइदिन प्राधिकरणसमक्ष आग्रह गरेको छ । श्रेष्ठका अनुसार कम्पनीले एअरबस ३२० को जहाजमार्फत उडान भरेको थियो । हिमालयन एअरलाइन्सयले हप्तामा सातै दिन उडान भर्ने योजना बनाइरहेको जनाएको छ । 

विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार बिहीबार दिउँसो १२ बजे हिमालयन एअरलाइन्सको चार्टर्ड उडान भैरहवामा अवतरण भएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार कुवेत एयरको उडान योजना पेस भएको छ । हिमालयनको चार्टर्ड उडान तथा काठमाडौंको युरेसिया एक्सपोर्ट एण्ड कार्गो कम्पनीले यहाँबाट नेपाली उत्पादन विदेश निकासी सुरु गर्ने भएको छ ।

कुवेतको राष्ट्रिय ध्वजाबाहक कुवेत एयरले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का अनुसार उक्त एयरले अबको एक महिनापछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको हो ।

गत सोमबार मात्रै उक्त एयरले कुवेत–नेपाल चार्टर्ड उडान सुरु गरेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो । भैरहवाबाट हाल कुवेतकै जजिरा एयरवेजले नियमित उडान गर्दैआएको छ । कुवेत एयरको नियमित उडान सुरु भएसँगै बजार थप प्रतिस्पर्धात्मक हुने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस