aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अर्थतन्त्रलाई संकटबाट जोगाउन सुशासन र उत्पादनमा जोड

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • शुक्रबार, १८ कार्तिक २०७९
अर्थतन्त्रलाई संकटबाट जोगाउन सुशासन र उत्पादनमा जोड

काठमाडौं । क्रमिक रूपमा तरलता सहज बन्दै जाने उनको विश्वास छ । अध्यक्ष पौडेलले वैदेशिक मुद्रा बढाउन विप्रेषणमा मात्रै भर पर्नुभन्दा पनि निर्यातमा जोड दिनुपर्ने बताए ।

अर्थविद् डा. चन्द्रमणि अधिकारीले पत्रकारले सरकारले ल्याउने बजेटसम्बन्धी पूर्ण रिपोर्टिङ गर्नुपर्ने औंल्याए । ‘बजेट भाषणको सुरुका दिन रिपोर्टिङ र अन्तरक्रिया गर्ने गरे पनि बजेट लागू भए वा नभएको विषयमा भने नहुने समस्या छ,’ उनले भने, ‘त्यसले गर्दा बजेट तर्जुमा, प्रस्तुति र कार्यान्वयन अवस्था बाहिर ल्याउन सकेमात्र पारदर्शी हुन्छ ।’

त्यस्तै, राजधानी दैनिकका सम्पादक सागर पण्डितले नीतिगत भ्रष्टाचार रोक्न सकेमात्र मुलुकले आर्थिक विकास र समृद्धि हासिल गर्ने बताए । नेपाल आर्थिक संकटमा फस्नुको मुख्य कारण भ्रष्टाचार, अनियमितता र सेटिङ नै भएको उनले टिप्पणी गरे ।

नेपालको वैदेशिक ऋण २० खर्बभन्दा बढी रहे पनि त्यसको उपलब्धी भने सन्तोषजनक नभएको उनले स्पष्ट पारे । सम्पादक पण्डितले पछिल्लो समय राजनीतिक व्यक्तित्व भ्रष्टाचारमा लिप्त भएकै कारण त्यसलाई रोक्न व्यूरोक्रेसीले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस