aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

निर्वाचन आयोगको सूचीबाट हटायो २ लाख ५० हजार मतदाता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ कार्तिक २०७९
निर्वाचन आयोगको सूचीबाट हटायो २ लाख ५० हजार मतदाता

काठमाडौं । निर्वाचन आयोगले २ लाख ५० हजार मतदाताको नाम आयोगको सूचीबाट हटाएको छ ।  आयोगले आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभभाको निर्वाचनका लागि नामावली अद्यावधिक गर्ने क्रममा यति धेरै मतदाताको नाम हटाएको हो । 

आयोगले मतदाता नामावलीको सूचीमा दोहोरिएका तथा मृत्यु भएकाहरुको नामावली हटाएको जनाएको छ । दुई लाख ३० हजार मृतक मतदाता र दोहोरिएका २० हजार गरी २ लाख ५० हजार मतदाताको नाम हटाइएको जानकारी दिए ।

आगामी निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० जना मतदाता मतदान गर्न योग्य छन् । स्थानीय निर्वाचनमा मतदाता सङ्ख्या एक करोड ७७ लाख ३३ हजार ७२३ रहेको थियो । स्थानीय निर्वाचनपछि मतदाता नामावली दर्ता सुरु हुँदा करिब चार लाख ७१ हजार जनाको नामावली सङ्कलन गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस