काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीलाई घुससहित नियन्त्रणमा लिएको छ । आयोगले चौधरीलाई सेवाग्राहीसँग ४ हजार रुपैयाँ घुसलिँदै गर्दा बिहिबार नियन्त्रणमा लिएको हो ।
धनुषाको नगराइन नगरपालिका २, जटहीस्थित पसलका संचालकसँग पसल संचालन गर्न महिनावारी रुपमा रकम दिनुपर्ने अन्यथा पसल संचालन गर्न नदिने भनी सिमा प्रहरी चौकी, लग्मा, जटही, धनुषामा कार्यरत प्रहरी नायव निरीक्षक देवकी लाल चौधरीले घुसररिसवत माग गरिरहेको भन्ने उजुरी आयोगमा परेको थियो । आयोगको टोलीले चौधरीलाई ४ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया दिनुहोस