
एजेन्सी । बैंक अफ इल्याण्डको आधारदर तीन दशकै सबैभन्दा बढी पुगेको छ । बिहीबार ब्याजको आधार दर ०.७५ प्रतिशतले बढाएर तीन प्रतिशत पुर्याएको छ । बैंक अफ इल्याण्डको केन्द्रिय बैंकले आउँदो वर्षमा उच्च मुद्रास्फिती रहेको प्रक्षपण गरेको छ । जसका कारण बेलायतमा उच्च बेरोजगारीदरका साथै लामो समयसम्म त्यहाको अर्थतन्त्र संकुचित हुने चेतावनी समेत दिएको छ ।
बेलायतको इतिहासमा पहिलो पटक निरन्तर आठ त्रैमासमा कुल ग्राहस्थ उत्पादन(जीडीपी)मा उच्च गिरावट देखिएको छ । यद्यपी यसको असर २००८ देखि २००९ सम्म र १९८० को दशकमा देखिएको मन्दी भन्दा कम रहेको बैंक अफ इंग्ल्याण्डले बताएको छ ।
प्रतिक्रिया दिनुहोस