
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले नाबालिग बलात्कार आरोपमा पक्राउ परेका लामिठानेलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । जबर्जस्ती करणीको मुद्दामा गत मंगलबारदेखि चलेको थुनछेक बहस चलेको थियो । उनीमाथी १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप रहेको छ ।
प्रतिक्रिया दिनुहोस