aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

अब म भोट दिन्न र मेरो उम्मेदवार फिर्ता बोलाउछु भन्न पाइने

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शनिबार, १९ कार्तिक २०७९
अब म भोट दिन्न र मेरो उम्मेदवार फिर्ता बोलाउछु भन्न पाइने

काठमाडौं । निर्वाचन आयोगले कुनै पनि उम्मेदवारलाई ‘मत दिन्नँ’ भन्न पाउने र आफूले चुनेको प्रतिनिधिलाई ‘प्रत्याह्वान गर्ने’ अर्थात् फिर्ता बोलाउनसक्ने व्यवस्थालगायतका विशेषता थपेर निर्वाचन कानुन मस्यौदा गर्ने तयारी गरेको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त जानकारी दिए । आयोगले मङ्सिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको अन्तिम नतिजाको प्रतिवेदन मङ्सिर २२ सम्म तयार पारेपछि आह्वान हुने संसद्को पहिलो अधिवेशनमा नै प्रस्तुत गर्ने गरी विधेयक तर्जुमा गर्न लागेको उनले बताए । आउँदो मङ्सिर ४ को निर्वाचनपछि हुने सबै निर्वाचनमा विदेशमा बस्ने नेपालीको मतदान गर्ने अधिकार सुनिश्चित गर्न सम्बन्धित व्यक्ति जुन देशमा बसेको छ त्यहीँबाट मतदाता नामावलीमा नाम दर्ता गराउने प्रक्रिया सुरु गर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस