aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

तुरुन्तै देखिने भो 'क्रेडिट क्रन्च'

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ भदौ २०७६
तुरुन्तै देखिने भो 'क्रेडिट क्रन्च'

काठमाडौं । सरकारल असारमा मात्रै ३ खर्बभन्दा बढी बजेट खर्च गरेकाले त्यसको नकारात्मक असर बैंकिङ क्षेत्रमा परेको छ। 

वाणिज्य बैंकहरूमा असार मसान्तको तुलनामा साउनमा १८ अर्ब रुपैयाँ निक्षेप घटेको छ। साउनको पहिलो साता नै १४ अर्ब रुपैयाँ निक्षेप घटेको नेपाल बैंकर्स संघको तथ्यांकमा उल्लेख छ। स्वदेशी मुद्रामा मात्रै नभएर विदेशी मुद्राको निक्षेप पनि साउन एक महिनामा ५ अर्ब रुपैयाँ घटेको छ । तर यही एक महिनामा कर्जा भने बढेको देखिएको छ ।

स्वदेशी मुद्रा (नेपाली रुपैयाँ) मा प्रवाह हुने कर्जा यो एक महिनामा ४ अर्ब बढेको छ भने विदेशी मुद्रामा प्रवाह भएको कर्जा ५ अर्ब बढेको छ। 'यसले हाम्रो वित्तीय प्रणालीमा क्रेडिट क्रन्च (लगानीयोग्य पैसा अभाव) टाढा छैन भन्ने देखिएको छु,' सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेल भन्छन्।

सरकारले बजारमा नगद प्रवाह बढाएकै समयमा बैंकमा पैसा अभाव किन भयो रु ? एक बैंकर भन्छन्, 'यसले नगद सञ्चिति बढेको हुन सक्ने संकेत गर्छ ।'  बैंकरका अनुसार गत असार मसान्तमा राति साढे ९ बजेसम्म नेपाल क्लियरिङ हाउस सञ्चालन गरेर बैंकहरू निक्षेप बढाउने प्रयास गरिरहेका थिए। यो समाचार आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस