aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

बागमतीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३३ हजार नाध्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ कार्तिक २०७९
बागमतीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३३ हजार नाध्यो

काठमाडौं । बागमती प्रदेशमा लामखुट्टेको टोकाइबाट हुने डेङ्गु सङ्क्रमणबाट बिरामीको सङ्ख्या ३३ हजारभन्दा बढी पुगेको छ । यो सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको देखिन्छ । बागमती प्रदेशमा गत साउन महिनादेखि कात्तिक १८ गतेसम्ममा ३३ हजार सात सय ६५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको बागमती प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

डेङ्गुबाट प्रभावित भएको प्रदेशका जिल्लामा सबैभन्दा बढी काठमाडौँमा रहेको छ भने सबैभन्दा कम रसुवामा रहेको निर्देशनालयबाट प्राप्त तथ्याङ्क जनाइएको छ ।  काठमाडौँमा १३ हजार दुई सय जनामा डेङ्ग सङ्क्रमण भएका छन् भने रसुवामा आठ जनामा रोग पुष्टि भएको हो । यसैगरी ललितपुरमा नौ हजार दुई सय, मकवानपुरमा चार हजार छ सय ६९, भक्तपुरमा तीन हजार ६०, चितवनमा एक हजार आठ सय ५०, धादिङमा आठ सय ६० काभे्रपलाञ्चोकमा चार सय ८० रहेका छन् । 

त्यस्तै, रामेछापमा एक सय ६८, सिन्धुपाल्चोकमा एक सय ६५, नुवाकोटमा एक सय ६८, सिन्धुलीमा एक सय ३३ तथा दोलखामा ८२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको बताइएको छ । यस्तै प्रदेशमा डेङ्गुबाट हालसम्ममा २१ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस