aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

कार्यकारी निर्देशक डा झालाई स्पष्टीकरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ कार्तिक २०७९
कार्यकारी निर्देशक डा झालाई स्पष्टीकरण

काठमाडौं । निर्वाचन आयोगले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्यकारी निर्देशक डा रञ्जितकुमार झालाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।

डा झाले सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार उपेन्द्र यादवको प्रचार–प्रसार गरेको देखिएकाले सो निर्देशन दिइएको हो । निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) अनुसार नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार–प्रसारमा संलग्न हुन वा प्रचार–प्रसार गर्न हुँदैन भन्ने व्यवस्था छ ।

स्पष्टीकरणमा भनिएको छ, “उल्लिखित सन्दर्भमा तपाईँले दलका उम्मेदवारको प्रचार–प्रसारमा संलग्न हुनुभएको कार्यले निर्वाचन आचारसंहिता, २०७९ र प्रचलित सार्वजनिक सेवासम्बन्धी कानुनसमेतको उल्लङ्घन हुन्छ, हुँदैन ? तपाईँबाट उक्त कार्य भएको भए किन कानुनबमोजिम कारबाही हुनुनपर्ने हो ?”

प्रतिक्रिया दिनुहोस