aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

सरकारी राजस्वले चालू खर्च धान्न छोड्यो

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • आइतबार, २० कार्तिक २०७९
सरकारी राजस्वले चालू खर्च धान्न छोड्यो

काठमाडौं । आर्थिक वर्षाको साढे तीन महिना बितिसक्दासमेत सरकारले चालू खर्च धान्न सक्ने गरी राजश्व उठाउन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक पूरा भएर १८ दिन नाघिसक्दा पनि सरकारले राजश्व लयमा ल्याउन नसकेको हो । 

सरकारले १८ कात्तिक शुक्रबारसम्म २ खर्ब २८ अर्ब २ करोड २९ लाखमात्र राजश्व उठाउन सकेको छ । यो अवधिमा ३ खर्ब ९ अर्ब ३८ लाख ५६ हजार रुपैयाँ खर्च भइसकेको छ ।  आन्तरिक महालेखा परीक्षक कार्यालयका अनुसार हालसम्म गरेको कुल आम्दानी २ खर्ब ५४ अर्ब ७८ करोड ५२ लाख छ । यो भनेको खर्चको तुलनामा ५४ अर्ब ६० करोड ४ लाखले कम हो ।

प्रतिक्रिया दिनुहोस