
गुल्मी । गुल्मीमा निर्वाचन आचार संहिता विपरित बाँड्न थालेको जस्ता पाता प्रहरीले नियन्त्रणमा लिएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ४ ले केही व्यक्तिका लागि २५ पाता टिन दिएकोमा आचार संहिता विपरित जस्ता पाता दिएको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।
शनिबार वडा कार्यालयबाट एमालेले जस्ता पाता बाडेको भन्दै काँग्रेसले आपत्ती जनाएको थियो । निर्वाचनका बेला एमालेले टिन दिएर भोट मागेको भन्दै आफुहरुले बरामत गरी प्रहरीलाई बुझाएको काँग्रेस वडा सभापति गुप्त बहादुर कार्कीले जानकारी दिए ।
सार्वजनिक बिदाको दिन एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले टिन दिनु आपत्तिको बिषय रहेको कार्कीले बताए । वडाध्यक्ष जुक्त बहादुर छन्तेलले जस्तापाता दिएको स्वीकार गर्दै पहिले नाम टिपाएकालाई वितरण गरिएको बताए । जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी माधवराज खरेलले जस्तापाता वामी प्रहरीको नियन्त्रणमा रहेको र थप अनुसन्धान भइरहेको प्रतिक्रिया दिए ।
प्रतिक्रिया दिनुहोस