aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

तीन महिनामै वैदेशिक रोजगारीका व्यक्तिगत ठगीको उजुरी दोब्बर

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • आइतबार, २० कार्तिक २०७९
तीन महिनामै वैदेशिक रोजगारीका व्यक्तिगत ठगीको उजुरी दोब्बर

काठमाडौं । गत वर्षको तुलनामा चालु आर्थिक वर्षको तीन महिनामै वैदेशिक रोजगारीमा हुने व्यक्तिगत ठगीको उजुरी दोब्बरले बढेको छ । कोभिड १९ को संक्रमणपछि वैदेशिक रोजगारीमा जाने युवाको संख्या वृद्धि भएसँगै ठगी गर्नेहरू पनि बढेका हुन् ।

गत वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा गएका र जाने तयारीमा रहेको युवाले १० करोड रुपैयाँ ठगी भएको भन्दै उजुरी दिएका थिए । चालू आवको तीन महिनामा यो रकम बढेर १९ करोड २ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको भन्दा झण्डै दोब्बर हो ।

गत आर्थिक वर्षको पहिलो ३ महिनामा वैदेशिक रोजगारीका नाममा हुने ठगी ९ करोड २ लाख रुपैयाँ रहेको थियो । कोरोना संक्रमणका कारण २ वर्ष ठप्प रहेको वैदेशिक रोेजगारीले गति विभागका निर्देशक कृष्णप्रसाद ज्ञावालीले बताए ।

प्रतिक्रिया दिनुहोस