aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

प्रधानमन्त्री देउवाले चुनाव खर्च वापत कांग्रेस नेतालाई बाँडे सवा ७ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० कार्तिक २०७९
प्रधानमन्त्री देउवाले चुनाव खर्च वापत कांग्रेस नेतालाई बाँडे सवा ७ करोड

काठमाडौं । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका नेताहरुलाई ७ करोडभन्दा बढी रकम बाँडेका छन् । देउवाले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार बनेकाहरुको खर्चको लागि रकम वितरण गरेका हुन् । 

पार्टीले उम्मेदवार बनाएका नेताहरुका कुल ७ करोड २२ लाख रुपैयाँ बाँडेको कांग्रेस कार्यालयले जनाएको छ । प्रतिनिधिसभाका उम्मेदवारलाई चार लाख र प्रदेश सभाका उम्मेदवारलाई दुई लाखका दरले टिकटसँगै ‘बाटो खर्च’ दिएका हुन् । 

देउवाले प्रतिनिधिसभा र प्रदेश सभाका दुई सय ७० उम्मेदवारलाई प्रधानमन्त्री देउवाले टिकटसँगै सात करोड २२ लाख  बाटो खर्च बाँडेका हुन् । 

प्रतिक्रिया दिनुहोस