
काठमाडौं, वैशाख १३ । विभिन्न उमेर समूका ९ लाख बेरोजगार रहेको केन्द्रीय तथ्यांक विभागलेृ जनाएको छ । विभागले आज प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा काम गर्न सक्ने जनसंख्यामध्ये नौ लाख बरोजगार उल्लेख गरेको छ ।
विभागका अनुसार १८ हजार घर परिवारमा गरेको सर्वेक्षणबाट कुल श्रम गर्ने उमेर समूहमा करिब ८० लाख नागरिकमध्ये ९ लाख बेरोजगार रहेको विभागले जनाएको छ ।
सबैभन्दा धेरै प्रदेश २ मा बेरोजगार रहेका छन् भने सबैभन्दा कम प्रदेश ३ मा बेरोजगार रहेका छन्। तथ्यांकअनुसार प्रदेश १ मा १० दशमलव २ प्रतिशत रहेका छन् । प्रदेश २ मा २० दशमलव १ प्रतिशत, प्रदेश ३ मा ७ प्रतिशत बेरोजगार रहेका छन् । त्यस्तै गण्डकी प्रदेशमा ९ प्रतिशत, प्रदेश ५ मा ११ दशमलव २ प्रतिशत, कर्णाली प्रदेशमा ९.७ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ११ दशमलव ५ प्रतिशत बेरोजगार रहेको विभागको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस