aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बाल गृह कि ठगी केन्द्र ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ भदौ २०७६
बाल गृह कि ठगी केन्द्र ?

काठमाडौँ । कालिकोटको तिलागुफा नगरपालिका ९ का जयबहादुर विकले छिमेकी माझ अनौठो प्रस्ताव राखे । प्रस्ताव थियो–अभिभावकले सुरुवाती चरणमा केही रकम उपलब्ध गराए छोराछोरीलाई काठमाडौँमा कक्षा १० सम्म निः शुल्क अङ्ग्रेजी माध्यममा पढाई दिने । 

साँझ बिहान घरपरिवार चलाउनसमेत धौधौ भएका अभिभावका लागि उक्त प्रस्ताव आकर्षक लाग्यो । चिनेजानेका छिमेकी जयबहादुरबाट राम्रो प्रस्ताब आएपछि हिमा गाउँपालिका ७ का रामबहादुर बुढा केही पैसा तिरेरै भएपनि आफ्ना दुई छोरी काठमाडौँ पठाउन राखी भए । 

उनले उच्च शिक्षा अध्ययन गराउनकैक लागि भनेर जयबहादुरले सञ्चालन गर्दै आएको बूढानिलकण्ठ नगरपालिका ८ गल्फुटारमा रहेको कर्णाली होम बालगृहमा २०७५ जेठमा पठाए । जय बहादुरको धन्दा अर्कै रहेछ । बिकट गाउँका बालबालिका ल्याएर सढाउनुको साटो अलपत्र पार्दा रहेछन् । यो समाचार नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस