aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

भिक्टोरिया तालमा विमान दुर्घटना, उद्धार कार्य जारी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० कार्तिक २०७९
भिक्टोरिया तालमा विमान दुर्घटना, उद्धार कार्य जारी

नैरोबी । अफ्रिकाको सबैभन्दा ठूलो भिक्टोरिया तालमा विमान दुर्घटनाग्रस्त भएको सीएनएनले अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ। प्रेसिजन एयरका अधिकारीका अनुसार बुकोबा एयरपोर्ट नजिकै  विमान खसेको थियो। अधिकारीहरुका अनुसार विमानमा दर्जनौं यात्रु रहेकाले मृत्यु हुनेको सङ्ख्या एकिन भइसकेको छैन। 

प्रेसिजन एयर दार एस सलाममा आधारित तान्जानियाको एयरलाइन्स हो।  अनुसन्धान जारी रहेकाले घटनाको विस्तृत विवरण  आउँन बाँकी छ। 

प्रतिक्रिया दिनुहोस