काठमाडौं । #ले मतदाताको गुनासो र सुझाव लिन हटलाइन नम्बर सार्वजनिक गर्नुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ को प्रतिनिधीसभा उम्मेदवारसमेत रहेका पौडेलले मतदाताका समस्या र सुझाव सङ्कलनका लागि आज हटलाइन नम्बर (९८८०२९८८०२) सार्वजनिक गरेका हुन ।
नेता पौडेलले चुनावी घरदैलोमा प्रत्येक मतदाताकोमा जाने क्रममा कतिपय मतदाताहरू कार्य व्यस्तताले नभेटिने गरेको र उहाँहरुको सुझाव र गुनासो सुन्न नपाएकाले सुझाव र गुनासो सुन्न हटलाइन नम्बर सुरु गरिएको जानकारी दिए । “हटलाइनबाट आएका गुनासो र सुझाव काठमाडौँ क्षेत्र नं ५ को विकासका लागि मार्गदर्शन बन्नेछ, त्यहीँ गुनासो र सुझावलाई आत्मासाथ गर्दै अगाडि बढ्नेछु”, नेता पौडेलले भने ।
सार्वजनिक हटलाइन नम्बरमा नेता पौडेलसहित काठमाडौँ क्षेत्र नं ५ को प्रदेश सभातर्फका उम्मेदवारलाई मतदाताले आफ्नो क्षेत्रको समस्या र सुझाव रेकर्ड गर्न सक्ने बताइएको छ । लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं ५ प्रदेश (१) मा भैरव सापकोटा र प्रदेशसभा ९२० मा श्यामबहादुर खड्का उम्मेदवार बनेका छन ।
प्रतिक्रिया दिनुहोस