aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सुरक्षामा मात्रै अर्बौ खर्च गर्छन्, यी विश्वकै धनी व्यक्ति

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०७ भदौ २०७६
सुरक्षामा मात्रै अर्बौ खर्च गर्छन्, यी विश्वकै धनी व्यक्ति

एमेजनका संस्थापक अध्यक्ष अर्थात संसारका सबैभन्दा धनि व्यक्ती जेफ बेजोसको सुरक्षाको खतरा पनि धेरै नै हुने गरेको छ । उक्त कुरालाई नै मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने हुन्छ जसका लागि खर्च त्यही अनुसारको चाहिन्छ ।

तपाई के लाग्छ जेफले बार्षिक आफ्नो सुरक्षामा कति खर्च गर्छन् ? आज हामी तपाईहरुलाई बताउन गईरहेका छौँ । संसारका सबैभन्दा धनी व्यक्तिका लागि अफिसमा बुलेटप्रुफ सिसा लगाइएको छ जसले असल्ट राइफलबाट बर्सने गोली पनि रोक्छ ।

एमेजनका बोस जेफले सुरक्षामा हरेक वर्ष करिब १६ लाख डलर खर्च गर्दै आएका छन् । टिम कुक, मार्क जुकरवर्ग, लगायत विश्वका टप धनाढ्यहरुले बार्षिक रुपमा अर्बौ नेपाली अर्थात लाखौ डलर खर्च गर्दै आएका छन् ।

यो पनि,
फोर्ब्स पत्रिकाले गत जुलाई २७ तारिखको रात विश्वका धनी व्यक्तिको सूची सार्वजनिक गर्‍यो। चार वर्षदेखि लगातार अग्रस्थानमा रहँदै आएका बिल गेट्स दोस्रोमा झरे। उनलाई उछिनेर संसारकै धनी बन्न सफल भए, जेफ बेजोस। तर पनि बेजोस त्यति भाग्यमानी ठहरिएनन्।

सर्वा्धिक धनीको कुर्सीमा उनी आधा रात पनि टिक्न सकेनन्।

बेजोसलाई ‘संसारकै धनी’ का रूपमा पाएर सुतेकाहरू बिहान उठ्दासम्म त्यो कुर्सीमा गेट्स नै फर्किसकेका थिए।

यो घटनाको ठीक तीन महिनापछि फोर्ब्सले अर्को सूची सार्वजनिक गर्‍यो, जसमा गेट्स फेरि पछि परे। उनलाई उछिन्ने अरू कोही होइन, उनै बेजोस थिए।

अघिल्लोचोटि पाँच घन्टा संसारकै धनी भएका बेजोस फेरि पनि त्योभन्दा बढी टिक्न नसक्ने धेरैको अड्कलबाजी रह्यो। तर उनि यसपालि भने बेजोस भाग्यमानी ठहरिए।

सबैको आकलन गलत सावित गर्दै उनी लगातार चार दिनदेखि संसारकै धनी छन्। र, यसपालि उनी यो स्थानमा टिकेर बस्ने विश्लेषण गरिएको छ।

गत जुलाईमा बेजोसको सम्पत्ति गेट्सको भन्दा २ करोड डलर मात्र बढी थियो। यसपालि ५ अर्ब डलर बढी छ। यति फराकिलो अन्तरमा तुरुन्तै बेजोसलाई पछ्याउन गाह्रै हुन विश्लेषकहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस