एजेन्सी । तान्जानियामा एक यात्रुवाहक विमान अवतरणका बेलामा दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । तान्जानिया प्रेसिजन एयरको विमान भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु हो । उक्त विमानमा २६ जना अ्रन्य यात्रुहरु पनि घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए ।
सुरक्षा टोलीले मानिसको उद्धारका लागि कडा मेहनत गरिरहेकाले स्थिति नियन्त्रणमा रहेको छ । तान्जानियामा आइतवार भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । त्यहा प्रधानमन्त्री कासिम मजलिवाले भने, ‘दर्जनौं यात्रुहरू सहितको प्रेसिजन एयरको उडान उत्तरपश्चिमी सहर बुकोबा नजिक पुग्दा भिक्टोरिया तालमा खसेको थियो ।’
तर प्रेसिजन एयर, सार्वजनिक रूपमा सूचीबद्ध कम्पनी जुन तान्जानियाको सबैभन्दा ठूलो निजी यात्रुवाहक विमान कम्पनी हो । एक विज्ञप्तिमा २४ व्यक्तिहरू दुर्घटनामा बाँचेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस