काठमाडौं । नेपाली कांग्रेसको तर्फबाट वागमति प्रदेश (ख)का उम्मेदवार इन्द्रबहादुर बानियालाई नेपाली काँग्रेस वीपीका मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पदम बहादुर तितुङले सहयोग गर्ने भएका छन् । उनले आफ्नो उम्मेदवारी निस्क्रिय पारेर बानियालाई सहयोग गर्ने भएका हुन ।
आइतबार हेटौंडामा पत्रकार सम्मेलन गरेर बानियाँलाई समर्थन गरेको तितुङले घोषणा गर्दै आफ्नो उम्मेदवारी कायम नरहेको बताएका हुन् । आफ्नो उम्मेदवारीले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी सिद्धान्त जस्ता उपलव्धी गुम्न सक्ने र अहिलेको व्यवस्था मास्नेहरुलाई नै बल पुग्ने खतरा देखेपछि उम्मेदवारी स्थगन गरेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस