aarthiknews.com सोमबार, ०१ असार २०८३   Monday, 15 June, 2026
 

एटिएमको ढोकाको सिसा तोडफोड गर्ने दुई जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ कार्तिक २०७९
एटिएमको ढोकाको सिसा तोडफोड गर्ने दुई जना पक्राउ

पर्सा । एटिएम मेसिनको ढोकाको सिसा तोडफोड गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । वीरगंज महानगरपालिका ८ घण्टाघरस्थित लिंक रोडमा रहेको एनआइसी एसिया बैंकको एटिएमको ढोकाको सिसा तोडफोड गरेको अभियोगमा २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा वीरगंज महानगरपालिका ५ मानेपुर भेलाहा बस्ने २९ वर्षीय राम सुगम मुखिया र २८ वर्षीय नागेन्द्र मुखिया रहेका छन् । उक्त एटिएमको ढोकाको सिसा तोडफोड गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट घण्टाघरबाट खटिएको प्रहरीले तोडफोडमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस