बाँके । नेपालगन्ज उपमहानगरपालिका १९ का आइतबहादुर दमाईले १६ कट्ठा जमिनमा जोतभोग गरिरहेको ५ दशक भयो। उनी त्यही बस्तीमा जन्मिए । परिवार पनि त्यहाँ रमाइरहेको छ।
यस अवधिमा सुकुम्बासी आयोगले पटकपटक बस्तीमा बसोबास गर्नेमाथि छानबिन गयो। लालपुर्जा वितरण गयो। उनी कहिल्यै
सुकुम्बासीको सूचीमा परेनन् । त्यही जमिनमा खेतीपाती गरेर जीवन चलाइरहेका उनलाई अहिले ठुलो चिन्ता छ। घर रहेको र खेतीपाती गर्ने उनको जमिन भूमाफियाले कित्ताकाट गरेर बिक्री गरिसके।
नेपालगन्ज १९ को आलानगरमा १ मा २ सय ५० परिवार भूमिहीनको बसोबास छ । स्थानीयले ०२६ सालदेखि ऐलानी जमिन जोतभोग गरिरहेका छन् । अधिकांशले लालपुर्जा पाएका छैनन् ।
उनीहरू बसोबास गरिरहेको जग्गा बिक्री गर्न भूमाफियाले चलखेल गरिरहेका छन् । आफ्नो नाममा जग्गा दर्ता गर्न विभिन्न व्यक्ति सक्रिय छन् । आइतबहादुरले भोगचलन गरिरहेको १६ कट्ठा जमिन ७ जनाले मिलेर कित्ताकाट गरेर लालपुर्जा निकाल्ने तयारी गरिरहेको पाइएको छ।
आइतबहादुरको नाममा १९१ु र १८९ु गरी दुई कित्ता छन् ।
ती दुई कित्ता शान्ति पौडेल, फूलमाया यादव, भगवती यादव, निरूप कुँवर, कृष्णबहादुर कार्की , जितमाया सलामी, बाटुलादेवी पोडेल र खगेन्द्र बुढाको नाममा टुक्राएको देखिन्छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस