aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

देउवाले बन्दुकको भाषा बोल्न थालेकै हुन् त ? यसो भन्छन् केपी ओली

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, २२ कार्तिक २०७९
देउवाले बन्दुकको भाषा बोल्न थालेकै हुन् त ? यसो भन्छन् केपी ओली

काठमाडौं । आफूहरु सरकारमा रहीञ्जेल विकास निर्माणका लागि पैसा नभएको दाबी गर्दै उनले अहिले सरकारसँग विकास निर्माणमा जतिबेला पनि पैसा छैन भन्ने गुनासो आएको बताए । सरकारमात्र हैन, बैंकमा पनि पैसा छ, यो सरकार त्यसकारण पनि चाँडो हट्न पर्छ । मंसिर ४ मा एउटा समृद्ध राष्ट्रिय शक्ति निर्माणको लागि एमालेको सरकार बन्नुपर्ने जिकिर गरे ।

नेपालमा पानीजहाज ल्याउने कुरा गर्दा विगतमा हास्यपात्र बनाउने गरेको आरोप लगाउँदै अहिलेको सरकारले जलयातायातकोबारेमा किन लेख्यो भन्दै भने, एमालेको सरकार आयो भने मेरै आडमा बस्नुभएका समानुपातिकका उम्मेदवार देवीप्रसाद भट्टचनले समुद्रमा नेपालको झण्डा फहराएर पानीजहाज चलाउनु हुनेछ ।’

अध्यक्ष ओलीले कार्यकर्तालाई निर्देशन दिंदै भने, अहिले भोक लाग्यो भन्ने समय छैन । थकाइ लाग्यो भन्ने समय छैन । जनताको घरदैलोमै जानुपर्ने र विगतमा आफ्नो सरकारले गरेको कामको प्रकाश पार्दै भोट माग्नुपर्छ ।’ उनले भने, ‘चुनावी प्रचार शैली यतिखेर घरदैलो नभई गीत बजाउने र सडकयात्रा गर्दै आफै नाँच्ने काम भएको छ । यसरी जनताले भोट दिंदैनन्, घरदैलोमै पुग्नुपर्छ ।’

एमालेको सरकारले विगतमा महिनाको १ सय रुपैयाँबाट सुरु गरेको वृद्ध भत्ता अहिले दिनकै एक सयभन्दा बढी भएको बताउँदै उनले महिला, बालबालिका, अपांगता भएका व्यक्तिलाई समेत समेटेको बताए । उनले आफ्नै पालामा नागढुंगा सुरुङमार्ग थालनी गरेको बताउँदै सो मार्ग अबको २ वर्षमा बनिसक्ने दाबी गरे । तर, नेता ओलीले रेलका कुरा भने यसपालि गरेनन् । 

प्रतिक्रिया दिनुहोस