aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

काभ्रे २ मा गोकुल बास्कोटा कि शिव हुमागाई ? यस्तो छ अंकगणित

  • आजको राजधानी दैनिकबाट
    आजको राजधानी दैनिकबाट
  • मंगलबार, २२ कार्तिक २०७९
काभ्रे २ मा गोकुल बास्कोटा कि शिव हुमागाई ? यस्तो छ अंकगणित

काभ्रेपलाञ्चोक । ४ मंसिरमा हुने चुनावमा काभ्रे–२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा र नेपाली कांग्रेस नेता शिवप्रसाद हुमागाईं बिच भिडन्त हुने भएको छ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा आरामदायी ढंगले चुनाव जितेका नेकपा एमालेका नेता एवं पुर्व–सञ्चारमन्त्री गोकुल बाँस्कोटा पाँच वर्षपछि फेरि उम्मेदवार बन्दा भने पहिलेजस्तो सहज अवस्था छैन । विगतको निर्वाचनमा साथ दिएको नेकपा माओवादी केन्द्र र एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले अहिले बाँस्कोटाका प्रतिस्पर्धी कांग्रेस उम्मेदवार शिवप्रसाद हुमागाईंलाई साथ दिएका छन् ।

पाँच वर्ष अघि भएको निर्वाचनमा बाँस्कोटाले ५४ हजार ४२७ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका मधु आचार्यले ३६ हजार ५७९ मत पाएका थिए । अर्थात बाँस्कोटाले १७ हजार ८४८ मतान्तरले जितेका थिए । बास्कोटाले पाएको मत देशभरकै निर्वाचन क्षेत्रमा तेस्रो धेरै थियो । बाँस्कोटाका प्रतिस्पर्धी कांग्रेस नेता हुमागाईं पनि पूर्वसांसद हुन् । चार पटक कांग्रेसको जिल्ला सभापति र केन्द्रीय सदस्य बनेका हुमागाईं २०५६ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा यही क्षेत्रबाट निर्वाचित भएका थिए । त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा एमालेका कृष्णप्रसाद सापकोटासँग र २०७० को संविधान सभा चुनावमा एमालेकै रामहरि सुवेदीसँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस