
बिर्तामोड । चैते धान विशेष सहयोग (क्षेत्र विस्तार तथा उत्पादकत्व वृद्धि) कार्यक्रमअन्तर्गत किसानका लागि निकासा भएको अनुदान बैगुनधुरामा अनियमितता भएको पाइएको छ ।
कृषि ज्ञान केन्द्रबाट निकासा ल्याएको रकम कृषक समूहका पदाधिकारीले आफूखुसी खर्च गरेका छन्। गौरादह नगरपालिका ९ बैगुनधुरा क्षेत्रका ३ सय १२ जना किसानका लागि ज्ञान केन्द्रले गत असारमा २० लाख ३१ हजार रुपैयाँ निकासा गरेको थियो।
उक्त रकम कन्काई जल उपभोक्ता संस्थाले बुझेको थियो कन्काई सिँचाइ आयोजनाको शाखा नं. १६, १९ र २१ का २र२ वटा तथा शाखा नं. १८ का ४ वटा गरी १० वटा क्लस्टरका किसानलाई अनुदान वितरण गर्नुपर्ने थियो। ज्ञान केन्द्रको कार्यविधिअनार प्रतिहेक्टर १० हजारका दरले रकम किसानलाई वितरण गर्नुपर्नेमा जल उपभोक्ता संस्थाका पदाधिकारीले आफूखुसी रकम बाँडेको पाइएको छ। उनीहरूले कैयौँ किसानको नाम र हस्ताक्षर किर्ते गरेको, अन्य शाखाका किसानका नाममा रकम निकासा ल्याएको, सम्बन्धित किसानलाई रकम वितरण नगरेको तथा किसानले पाउनुपर्नेभन्दा कम्ती रकम वितरण गरेको पाइएको छ।
यसअघि गौरीगन्ज गाउँपालिका २ कोरोबारीका ३ वटा कृषक समूहले पनि फर्जी कागज बनाएर लाखौँ रुपैयाँ अनुदान अनियमितता गरेको फेला परेको समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस