काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा दशकौँदेखि अल्झिएका जलविद्युत्का ३८ रुग्ण आयोजना निर्माण सम्पन्न गरेसँगै अब ठूला आयोजना बनाउन केन्द्रित हुने भएको छ।
अलपत्र आयोजनाले प्राधिकरणको साख गिराएका थिए। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रुग्ण आयोजना सम्पन्न भएसँगै डिम्स प्रोजेक्ट सञ्चालन गर्ने बताए। 'जलविद्युत् का रुग्ण आयोजनाले धेरै बदनाम भएको थियो । अब रुग्ण आयोजना लगभग सम्पन्न भएका छन्, अब
प्राधिकरणले डिम्स् प्राजेक्ट अघि सार्नेछ,' उनले भने, 'प्राधिकरणले गेम चेन्जर आयोजना सञ्चालन गर्ने योजना अघि सारेको छ।'
कार्यकारी निर्देशक घिसिङ प्राधिकरणको सहायक कम्पनीमार्फत रन अफ दी रिभर (नदी प्रवाही) भन्दा जलाशय तथा अर्धजलाशययुक्त आयोजना प्राथमिकतामा राख्ने बताउँछन्। 'अब रन अफ दी रिभरभन्दा जलाशययुक्त आयोजना निर्माणमा केन्द्रित हुनुपर्ने बेला भइसक्यो,' उनले भने, 'जलाशययुक्त आयोजना केही महँगो भए पनि बहुउपयोगी देखिन्छ। त्यसैले प्राधिकरणको प्रथामिकतामा जलाशयुक्त आयोजना परेको हो।'
कार्यकारी निर्देशक घिसिङ प्राधिकरणले तीन वर्षदेखि मुनाफा आर्जन गर्दै आएकाले पनि ठूला आयोजनामा लगानी गर्ने बाटो खुलेको बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस